×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा, नेप्से नखुल्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा, नेप्से नखुल्ने

१० जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज २५६८औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् ।

जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने गौतम बुद्धको पवित्र जन्मभूमि क्षेत्र लुम्बिनीमा विभिन्न कार्यक्रम हुँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने चलन छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

त्यस्तै, आज बुद्धजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहने भएको छ । बिहीबार बन्द भएको बजार अब आइतबार बिहान ११ बजे मात्रै खुला हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: