×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली-लामिछाने भ्रष्टाचारको नयाँ गठबन्धनः विश्वप्रकाश शर्मा 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओली-लामिछाने भ्रष्टाचारको नयाँ गठबन्धनः विश्वप्रकाश शर्मा 

Artha Sarokar

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले एकअर्कालाई बचाउँदै हिँडेको आरोप लगाएका छन् । कांग्रेसले काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए ।   

‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि सङ्गठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थाल्यो । पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएर नै बोल्ने मनोविज्ञानमा देखिनु भएको देशका सामु प्रमाणका रुपमा छ ।’, शर्माले भने, ‘ओलीको त्यो भूमिका छ भने गृहमन्त्रीको भूमिका एमाले अध्यक्षलाई गिरीबन्धुको प्रकरणमा जोगाउनको लागि साथ दिने । यो गठबन्धनको नयाँ नामकरण गरेका छौँ, यो सहकारीबन्धु गठबन्धन हो ।’ 

सभालाई सम्बोधनका क्रममा उनले प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन नसकेको पनि बताए । गृहमन्त्री लामिछानेलाई बोलेपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिपक्षी दलका सांसदलाई बोल्न दिएका थिएनन्, प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिँदा पनि उनको भूमिका सत्तापक्षीय देखिएको थियो ।

त्यस्तै, साना दलहरुलाई विभाजन गर्ने षड्यन्त्रमा स्वयंम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सामेल भएको भन्दै सरकारको यस्तो क्रियाकलापको विपक्षमा कांग्रेस सडकमा उभिएको पनि शर्माको भनाई छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी