×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ १ गतेदेखि घट्ने भयो ब्रोकर कमिसन !

PRIME CA
GLOBAL IME BANK

जेठ १ गतेदेखि घट्ने भयो ब्रोकर कमिसन !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ । जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घट्ने भएको हो ।

धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले जेठ महिना देखि ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । तर, सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी छ ।

बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो । लगानीकर्ताले हाल सेयर कारोबारमा तिर्दै आएको ब्रोकर कमिसनमा १० प्रतिशत घट्ने जनाईएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लिँदै आएको छ ।

ब्रोकर कमिसन घट्ने भएपछि सेयर लगानीकर्ताहरु उत्साहित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: