×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठको पहिलो दिन सेयर लगानीकर्तालाई २ खुसीका खबर, बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठको पहिलो दिन सेयर लगानीकर्तालाई २ खुसीका खबर, बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जेठ १ (आज) देखि लागू हुनेगरि नियामक नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । अर्थात, आज हुने कारोबारदेखि यसअघि भन्दा कम ब्रोकर कमिसन लाग्नेछ ।

घटेको कमिसनको हिसाबमा अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्नेछ ।

ब्रोकर कमिसन घट्नु अघि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्दै आएका थिए ।

जेठ १ गतेकै दिन सेयर लगानीकर्ताहरुलाई अर्को खुसीको खबर पनि छ । आजकै दिनबाट बैंकको ब्याज पनि सस्तिएको छ । जेठ महिनाका लागि १० बाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाउँदा आधार दर सस्तो हुँदा बैंकमा ऋणीहरुले तिर्ने ब्याज पनि कम कम भएको छ ।

आजकै दिन एक बर्ष अगाडी नेप्से १८०७ बिन्दुमा थियो । अहिलेसम्म सोहि बिन्दुलाई बटम बिन्दुका रुपमा लिईएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: