×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्विरमा हेर्नुहोस् बौद्धमा बुद्ध जयन्तीको रौनक…(फोटो-कथा)

GLOBAL IME BANK

तस्विरमा हेर्नुहोस् बौद्धमा बुद्ध जयन्तीको रौनक…(फोटो-कथा)

१० जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज देशभर बुद्ध जयन्ती मनाइँदैछ । । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर २५६८औँ बुद्ध जयन्ती मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछ ।

जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने गौतम बुद्धको पवित्र जन्मभूमि क्षेत्र लुम्बिनीमा विभिन्न कार्यक्रम हुँदैछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने चलन छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए । बाँकी तस्बिरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: