×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी १० वर्षमा सरकारले १५ लाखलाई रोजगारी दिने ! 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आगामी १० वर्षमा सरकारले १५ लाखलाई रोजगारी दिने ! 

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले १५ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा १५ लाखलाई रोजगारी सृजना गर्ने घोषणा गरेका हुन् । 

जसमध्ये ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गरिने पुनले बताएका छन् । 

रोजगारी सृजनाका लागि आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको पनि अर्थमन्त्री पुनले बताएका छन् । उनले यही लक्ष्य प्राप्तिका लागि आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रुपमा अघि बढाउने पनि घोषणा गरेका छन् । 

त्यस्तै, अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाउने, डाटा सेन्टर स्थापना गर्ने, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजनासमेत घोषणा गरेका छन् । यसका लागि अर्थमन्त्रीले ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: