×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठमा ८ बैंकको ब्याजदर घट्दा ८ बैंकको स्थिर, एनआईसी एशियासहित ३ बैंकले बढाए 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठमा ८ बैंकको ब्याजदर घट्दा ८ बैंकको स्थिर, एनआईसी एशियासहित ३ बैंकले बढाए 

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेठ महिनाका लागि बैंकहरुको ब्याजदर सामान्य घटेको छ । नयाँ ब्याजदर प्रकाशित गर्दै वाणिज्य बैंकहरुले जेठमा बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर बैशाखको तुलनामा सामान्य घटाएका हुन् । 

जेठ महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार १९ वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् । जेठमा एनएमबि बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् । योसँगै जेठमा वाणिज्य बैंकहरुले औषतमा ७.०६ प्रतिशतबिन्दुका दरले ब्याज दिने भएका छन् । 

जेठका लागि १९ मध्ये ८ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा एनआईसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् । जेठका लागि एनआईसी एशियाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०५ प्रतिशत र संस्थागततर्फ ०.१ प्रतिशतले बढाएको छ भने ग्लोबल आइएमई बैंकले व्यक्तिगतर्फत ०.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर बढाएको छ ।

त्यस्तै, प्रभु बैंकले भने जेठमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले बढाएको छ तर संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखेको छ ।

यता जेठमा ८ वाणिज्य बैंकहरुको ब्याजदरमा भने कुनै परिवर्तन भएको छैन । जेठमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: