×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणको ब्याज २ वर्ष यताकै सस्तो, अझै घट्ने !  

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ऋणको ब्याज २ वर्ष यताकै सस्तो, अझै घट्ने !  

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुमा कर्जाको ब्याजदर २ वर्ष यताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैतमा बैंकहरुको ब्याजदर २ वर्षयताकै सस्तो भएको हो । 

राष्ट्र बैंकका अनुसार हाल बैंकहरुमा ऋणको औसत ब्याजदर १०.५५ प्रतिशत रहेको छ । 

यसो त यसअघि २०७८ चैतमा बैंकहरुमा कर्जाको ब्याजदर १०.७८ प्रतिशत पुगेको थियो । हाल बैंकहरुमा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेकाले आगामी महिना कर्जाको ब्याजदर थप घट्ने देखिएको छ । जेठमा १९ मध्ये ८ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यद्यपी एनआईसी एशियासहित ३ बैंकले भने ब्याजदर बढाएका छन् । 

निक्षेपको ब्याजदर घट्दा लागत घटेर कर्जाको ब्याजदर घट्ने भएकाले बैंकहरुमा निक्षेपको ब्याजदर घटिरहँदा कर्जाको ब्याजदर पनि अझै घट्ने देखिएको छ । हाल बैंकहरुमा निक्षेपको औसत ब्याजदर ६.५१ प्रतिशतमा झरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: