×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न सीडीएससीको सुझाव 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न सीडीएससीको सुझाव 

Artha Sarokar

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्न सुझाव दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि मागेको सुझावमा सीडीएससीले सेयर बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न सुझाव दिएको हो । 

त्यस्तै, सीडीएससीले विगतमा मर्जर तथा एक्विजिसनपछि सेयर कारोबारमा सेयरधनीलाई दिइएको कर छुटलाई कायम राख्न पनि सुझाव दिएको छ । 

यसका साथै सीडीएससीले सेयर बजारमा लाग्ने करमा नीतिगत स्थिरता कायम गर्न पनि सरकारलाई सुझाव दिएको छ । करमा हुने नीतिगत परिवर्तनका कारण सेयर लगानीकर्ताको मनोबल कमजोर हुनुका साथै बजारलाई चलायमान हुन असहज हुने भन्दै सीडीएससीले करमा नीतिगत स्थिरता कायम गर्न पनि सरकारलाई सुझाव दिएको छ । 

यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भने बजेटमार्फत नेप्सेको पुनर्संरचना गर्नुपर्ने तथा नेप्सेको आईपीओ जारी गर्नुपर्ने सुझाव दिएको छ । 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी