काठमाडौँ । नेपाली महिलाहरुको बेचबिखनमा चिनियाँ गिरोह नै सक्रिय रहेको पाइएको छ । केही दिनअघि नेपालबाट नक्कली विवाह गराई चीन पुर्याएर महिलालाई वेश्यावृत्तिमा लगाएको घटना सार्वजनिक भएसँगै यस्तो तथ्य बाहिरिएको हो ।
उक्त घटनामा नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्दै आएकी मनमाया घलेले ५ लाख रुपैयाँमा चिनियाँसँग नक्कली विवाह गराई महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको थियो ।
पीडित महिलाले दिएको जाहेरीका अनुसार मनमायाले पीडित महिलाको २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिज’ गराइदिएकी थिइन् । त्यसपछि मनमायाले २०८० बैशाख १ गते चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको थियो ।
पछि पीडित महिलाले आफूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते पीडित महिलाको उद्धार गरिएको थियो । त्यसपश्चात् उक्त घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मनमाया घलेलाई काठमाडौँबाट पक्राउ गरेको थियो । हाल उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल उक्त घटनामा संलग्न चिनियाँ नागरिक फरार छन् । यसरी नेपालबाट विभिन्न प्रलोभनमा पारी नेपाली महिलाहरुलाई चिन पुर्याएर वेश्यावृत्तिमा लगाउने कार्यमा चिनियाँ गिरोह नै सक्रिय रहेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्