×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वगभर्नर नेपालले राष्ट्रपतिको सल्लाहकारबाट दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्वगभर्नर नेपालले राष्ट्रपतिको सल्लाहकारबाट दिए राजिनामा

Artha Sarokar

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएकी हुन्  ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

चिरञ्जीवी नेपालले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राख्नु गलत भएको अभिव्यक्ति दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी