काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश अवैध ठहर भएको छ । बीमा प्राधिकरणबाट स्वीकृत नलिई लाभांश घोषणा गरेको भन्दै प्राधिकरणले लाभांश रद्ध गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको छ । उनका अनुसार एउटै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न पाइदैन ।
सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांशलाई बीमा प्राधिकरणले स्वीकृति नदिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्