×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेसामु अन्ततः झुक्यो कांग्रेस, संसदीय छानबिन समितिमा लामिछानेको नाम नहुने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रवि लामिछानेसामु अन्ततः झुक्यो कांग्रेस, संसदीय छानबिन समितिमा लामिछानेको नाम नहुने !

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी छानबिन समिति बनाउन नेपाली कांग्रेस तयार भएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार भएको हो । 

संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले संसदीय समिति बनाउन शीर्ष दलहरुबीच भएको सहमति अनुसार नै छानबिन समिति बनाउने तयार भएको कांग्रेसका एक नेताले बताएका छन् । 

ती नेताका अनुसार सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बन्ने संसदीय छानबिन समितिले कुनै व्यक्ति विशेष नभएर सहकारी केन्द्रित भएर छानबिन गर्नेछ । अर्थात, कांग्रेसले यसअघि गरेको मागजस्तो छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनेछैन । 

बरु रकम हिनामिना भएका सहकारी, गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गरिनेछ । योसँगै मंगलबार बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति गठन गर्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: