काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सिए देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।
एक सूचना जारी गर्दै बैंकको सञ्चालक समितिको जेठ १० गते (बिहीबार) बसेको २६९०औँ बैठकले बैंकमा रिक्त रहेको सीईओ पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
बैंकका तत्कालीन सीईओ किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त रहेको सीईओ पदका लागि बैंकको सीईओ नियुक्त तथा सिफारिस उप-समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई ‘सर्टलिष्ट’ छनौट गरेको थियो ।
‘सर्टलिष्ट’मा परेका पाँचैजनाले जेठ ९ गते (बुधबार) दिएको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा देवेन्द्र खनाललाई बैंकको सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्