×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोटीभिटीविरुद्ध मुद्धा चलाउने राजस्व अनुसन्धानको महानिर्देशक ढुंगानाको सरुवा, आए चक्र बुढा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोटीभिटीविरुद्ध मुद्धा चलाउने राजस्व अनुसन्धानको महानिर्देशक ढुंगानाको सरुवा, आए चक्र बुढा

Artha Sarokar

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बहादुर बुढा नियुक्त भएका छन् । विभागमा कार्यरत महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा गरेर बुढालाई नियुक्ति दिईएको हो ।

ढुंगाना गत असार २०८० विभागको महानिर्देशकमा नियुक्त भएका थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।

अहिले उनको सरुवा भएको हो । उनलाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनी थप चर्चामा थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी