Skip to content
LAXMI SUNRISE BANK

रोमानियाकी राजदूतलाई श्रम मन्त्रीको अनुरोध- ‘रोमानिया जान नेपालबाटै भिसा उपलब्ध गराइदिनुस्’

अर्थ सरोकार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी)अर्यालले रोमानिया जान नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छन् । नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँग भेट गर्दै मन्त्री अर्यालले यस्तो अनुरोध गरेका हुन् । 

भेटमा मन्त्री अर्यालले रोमानिया जान हाल भिसाकै लागि भारत जानुपर्ने बाध्यता रहेको बताएका थिए । 

भिसाकै लागि भारत जानुपर्ने बाध्यताका कारण नेपालीहरुलाई आर्थिक व्ययभार बढिरहेको भन्दै नेपालबाटै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाउन रोमानियाकी राजदूतसँग अनुरोध गरेका छन् । 

मन्त्री अर्यालको अनुरोधपछि राजदूत सेजोनोभले रोमानिया सरकारले पनि सहज प्रक्रियाबाट नेपाली श्रमिक रोमानिया भित्र्याउन चाहेको उल्लेख गरेकी थिइन् । साथै उनले हाल रोमानियामा नर्सिङ, हस्पिटालिटी र निर्माण लगायतका क्षेत्रमा नेपाली कामदारको अत्याधिक माग रहेको पनि बताएकी थिइन् ।

त्यस्तै, भेटमा नेपाल र रोमानियाबीच श्रम लगायत आपसीहितका विषयमा छलफल भएको थियो । श्रममन्त्री अर्यालले राखेका विषयमा राजदूत सेजोनोभ सकारात्मक रहेको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK