×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीहरुमै सबैभन्दा धनी डिपी अर्यालः बैंकमा २ करोड १८ लाख, गाडीको मूल्य मात्रै १ करोड २५ लाख !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्त्रीहरुमै सबैभन्दा धनी डिपी अर्यालः बैंकमा २ करोड १८ लाख, गाडीको मूल्य मात्रै १ करोड २५ लाख !

Artha Sarokar

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मन्त्रीहरुमा सबैभन्दा धनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालको बैंक खातामा २ करोड बढी रकम रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीको नाममा विभिन्न बैंकमा २ करोड १८ लाख रुपैयाँ मौज्दात रहेको पाइएको हो । 

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मन्त्री अर्यालको काठमाडौँ महानगरपालिका- १६ मा ३ करोड मूल्य पर्ने २८७.१४ वर्गमिटरमा बनेको घर रहेको छ । 

त्यस्तै, अर्यालसँग यसबाहेक विभिन्न १२ ठाउँमा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौँ र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरी ६ ठाउँमा ५ करोड २८ लाखको सम्पत्ति रहेको पनि पाइएको छ । उक्त सम्पत्ति निजी कमाइ र व्यापारबाट कमाएको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

यो बाहेक अर्यालयसँग १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । जसको स्रोत व्यापार रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

त्यस्तै, अर्यालसँग मेगा बैंकमा १० हजार, विग इन्भेष्टमेन्टमा ३५ हजार, पिपुल इन्भेष्टमेन्टमा ९ हजार, जनसागर सहकारीमा १० हजार, सुवर्णभूमी सहकारीमा ९ हजार र संयम सहकारीमा २ हजार गरी कुल ६७ हजार कित्ता सेयर रहेको पनि पाइएको छ । 

योसँगै अर्यालसँग १ करोड २५ लाखमा खरिद गरेको प्राडो कार र उनकी श्रीमतीको नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी कार रहेको पनि सम्पत्ति विवरणमा अर्यालले उल्लेख गरेका छन् । साथै उनले २ करोड २३ लाखमा ब्याङ्क्वेट, ट्राभल रेमिट्यान्स र ह्याण्डिक्राफ्ट पनि खरिद गरेको विवरणमा उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी