×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यादेशमार्फत भएको कानुन संशोधनले ह्वात्तै घटायो घरजग्गाको भाउ, माग भन्दा आपूर्ति बढी हुँदा मूल्य अझै सस्तिने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अध्यादेशमार्फत भएको कानुन संशोधनले ह्वात्तै घटायो घरजग्गाको भाउ, माग भन्दा आपूर्ति बढी हुँदा मूल्य अझै सस्तिने !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धि ऐन २०२१ मा संशोधन गरेपछि त्यसको सिधा असर घरजग्गाको भाउमा परेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति ३ वर्षभित्र बेचबिखन गर्नुपर्ने व्यवस्थासहितको सो कानुन संसोधन भएपछि बैंकहरूले धमाधम घरजग्गा बेच्न थाल्दा घरजग्गाको मागभन्दा आपूर्ति बढेपछि अन्तत: घरजग्गाको भाउ ह्वात्तै घटेको हो ।

संशोधित कानुनअनुसार बैंकहरूले लिलाममा सकारेको जग्गा ३ वर्षभित्र बेच्नुपर्नेछ । ३ वर्षसम्म नबेचेमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था संशोधित कानुनमा छ ।

‘बैंक वा वित्तीय संस्था वा सहकारी संघ संस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलामी बिक्री गर्दा कसैले लिलामी सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी संघ संस्था आफैले सकार गर्दा हदबन्दी भन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरिसक्नुपर्नेछ। सो अवधिभित्र बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखनका लागि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।’ संसोधन भएर आएको कानुनमा भनिएको छ ।

कानुन संसोधन भएर आएपछि बैंकहरूले घरजग्गा लिलामीको सूचना निकालिरहेका छन् । कानुन संसोधन हुनुअगाडी पत्रपत्रिकामा खासै नदेखिएका लिलामीका सूचनाले अहिले भने पत्रपत्रिका भरिभराउ भईरहेका छन् ।

भूमि व्यवस्था सम्बन्धी ऐन, २०२१ अनुसार कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले तराई क्षेत्रमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी जग्गा आफ्नो नाममा राख्न सक्ने व्यवस्था छ । साथै, घडेरीका रुपमा तराईमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ५ रोपनी जग्गा घरबारीको निमित्त थप लिन सक्ने व्यवस्थासमेत सो ऐनले गरेको छ । तर, हदबन्दी भन्दा बढी जग्गा भए रजिष्ट्रेसन नै गर्न नपाइने कानुनका कारण बैंकहरू समस्यामा थिए । पछिल्लो समय सबैजसो बैंक तथा वित्तीय संस्थाहरूसँग ठुलो मात्रामा जग्गा भएकाले हदबन्दीका कारण बैंकहरू ऋणीको धितोलाई बैंक तथा वित्तीय संस्थाको नाममा सार्दा समस्या उत्पन्न भएको थियो । अव भने बैंकहरूलाई सो समस्याबाट मुक्ति मिलेको छ भने बैंकहरूले सोहि कारण धमाधम लिलामीका सूचनासमेत निकालिरहेका छन् ।

पछिल्लो समय आर्थिक मन्दी बढिरहेका बेला बैंकहरूसँग करिव २५ अर्ब रुपैयाँ हाराहारीको गैरबैंकिङ सम्पत्ति छ । बैंकले आफ्नो ऋण उठ्नेगरी रकम आयो भने सो जग्गा बेचिदिने हुनाले पनि घरजग्गाको भाउ घट्ने निश्चित हुन्छ । बैंकले गर्ने लिलामीमा पनि बिड गर्नेले सस्तोमा गर्ने भएकाले आपूर्तिको बाढीका कारण घरजग्गाको भाउ ह्वात्तै घट्ने देखिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: