×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकका २७ कर्मचारी सवार बस दुर्घटना, सबै घाइते, १ को अवस्था गम्भीर (भिडियोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आईएमई बैंकका २७ कर्मचारी सवार बस दुर्घटना, सबै घाइते, १ को अवस्था गम्भीर (भिडियोसहित)

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आईएमई बैंकको कन्फेरेन्स सकेर काठमाडौँ फर्कंदै गरेको बस दुर्घटना भएको छ । काठमाडौँ आउँदै गरेको सो बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ भने एकको अवस्था गम्भीर भएपछि काठमाडौँ रिफर गरिएको छ ।

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१०-०१-१७३२ पर्यटक बस बिहीबार दुर्घटना भएको हो । सिन्धुलीका स्थानीय पत्रकार सौगात रायमाझीले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार घटनास्थलमा घाइते भएका कर्मचारीहरुलाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका थिए ।

सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले दिएको जानकारी अनुसार बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै गर्दा बैंकका कर्मचारीहरु दुर्घटनामा परेका हुन् ।

बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: