×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच करोड लगानी गरेर नेपालमा विधिवत दर्ता भयो इनड्राइभ, अव राइडरबाट कमिसन उठाउन सुरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाँच करोड लगानी गरेर नेपालमा विधिवत दर्ता भयो इनड्राइभ, अव राइडरबाट कमिसन उठाउन सुरु !

Artha Sarokar

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो समयदेखि बिनादर्ता नेपालमा सञ्चालनमा आइरहेको राइड बिजनेश प्लेटफर्म अव भने दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ नेपालमा दर्ता भएको हो ।

कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ  नेपालमा दर्ता भएको हो  । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा गरेर अव कम्पनीले राइडरहरूबाट कमिसन उठाउन सुरु गर्ने जनाएको छ । यद्यपि कमिसन कति भन्ने विषय भने कम्पनीले अझैसम्म खुलाएको छैन ।

कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोड मार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पुर्‍याएको दाबी गर्ने कम्पनीले विना दर्ता लामो समयदेखि नेपालमा पनि सेवा दिइरहेको थियो । तर विना दर्ता व्यापार गरेको भन्दै   इनड्राइभका विषयमा चर्को आलोचनासमेत भएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी