×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इटालीमा घट्दै युवाको संख्या, बिहे गर्ने औसत उमेर ४० वर्ष !  

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इटालीमा घट्दै युवाको संख्या, बिहे गर्ने औसत उमेर ४० वर्ष !  

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो दुई दशकमा इटालीमा युवाहरुको संख्या तिव्र रुपमा घटेको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । 

उक्त प्रतिवेदनले सो अवधिमा इटालीमा वृद्धवृद्धाहरुको संख्या भने बढिरहेको देखाएको छ । रिपोर्टमा पछिल्लो २१ वर्षमा इटालीमा युवा वयस्कहरुको संख्या (१८ वर्षदेखि ३४ वर्षबीचका) ३ मिलियन भन्दा बढिले घटेको उल्लेख छ  । 

हाल इटालीमा युवा वयस्कहरुको संख्या १०.३३ मिलियन रहेको छ । जबकी सन् २००२ मा इटालीमा युवाहरुको संख्या १३.३९ मिलियन रहेको थियो । यसबीचमा इटालीमा युवाहरुको संख्या २२.९ प्रतिशतले घटेको छ । अधिकांशले विवाह गर्न र सन्तान जन्माउन नचाहँदा इटालीमा युवाहरुको संख्या घट्दै गएको रिपोर्टमा दाबी गरिएको छ । 

त्यस्तै, सोही अवधिमा इटालीमा वृद्ध व्यक्तिहरुको संख्या भने बढेको छ । इटालीमा सन् १९९४ मा ९.१ मिलियन रहेको वृद्ध व्यक्तिहरुको संख्या गतवर्ष १४.१ मिलियन पुगेको छ, जुन ५४.४ प्रतिशत बढी हो । 

इटालीमा पहिलो पटक आमा हुने औसत उमेर २००२ मा २९.७ वर्षको उमेरमा बढेर ३१.६ वर्ष पुगेको छ । त्यस्तै, पुरुषको पहिलो विवाहको औसत उमेर सन् २००२ मा ३१.७ को तुलनामा हाल ३६.५ देखि ४० वर्ष पुगेको छ भने महिलाको उमेर २८.९ बाट बढेर ३३.६ देखि ३५ वर्ष पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: