काठमाडौँ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई बुधबार जिल्ला अदालत धनुषा लगिएको थियो ।
अदालतमा दुवै पक्षको बहस सुनेपछि न्यायाधीश चुरामन खड्काको एकल इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सिरोहियालाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । उनलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको थियो । सिरोहियाको पक्राउपछि नेपाली कांग्रेस तथा मिडिया सोसाईटीले आपत्ति जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्