काठमाडौँ । सरकारले महिलाले प्रयोग गर्ने लुँगी, साडी र सुतीका कपडामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले साडी, लुँगी र सुतीका कपडामा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका हुन् ।
यसअघि महिलाहरुले प्रयोग गर्ने लुँगी, साडी र सुतीका कपडाको खरिद मूल्यमा १० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था गरिएको थियो ।
तर, सरकारले संसदमा पेश गरेको आर्थिक विधेयकमार्फत यस्ता सामाग्रीहरुको आयातमा १३ प्रतिशत भ्याट लगाउने भएको हो । महिलाले प्रयोग गर्ने यी कपडासँगै ट्रयाक सुट, स्की सुट र पौडीमा प्रयोग गरिने कपडाहरुमा पनि सरकारले भ्याट लगाएको छ ।
यी कपडाहरुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै अब नेपाली बजारमा यी कपडाहरुको मूल्य थप महँगिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्