×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुको खराब कर्जा बढ्यो, २ खर्ब बढी लगानी जोखिममा ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकहरुको खराब कर्जा बढ्यो, २ खर्ब बढी लगानी जोखिममा ! 

Artha Sarokar

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चैतमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चैत मसन्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ३.७३ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको हो । 

योसँगै चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले गरेका लगानीमध्ये २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबर रकम जोखिममा परेको छ । 

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । खराब कर्जा बढेपछि बैंकहरुमाथि वित्तीय व्यवस्थापन (प्रोभिजन)मा चुनौती थपिएको छ । 

हाल अर्थतन्त्रमा देखिएको शिथिलता, घट्दो व्यापार तथा बैंक तथा वित्तीय संस्थाविरुद्धका आन्दोलनका कारण बैंकको ऋण तथा ब्याज नतिर्नेहरु बढेको छन् । यही कारण पछिल्लो वर्ष बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी