×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरियामा रोजगारीका लागि नयाँ नियम लागु, अव सबैले दिन पाउने छैनन् परिक्षा, आउँदो परिक्षाबाटै लागु हुने !

PRIME CA
GLOBAL IME BANK

कोरियामा रोजगारीका लागि नयाँ नियम लागु, अव सबैले दिन पाउने छैनन् परिक्षा, आउँदो परिक्षाबाटै लागु हुने !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीहरुलाई आवेदन कोटासहितको नयाँ नियम लागु भएको छ । इच्छुक सबैले भाषा परिक्षामा समेत सहभागी हुन नपाउनेगरी नयाँ नियम लागु भएको हो ।

नयाँ नियम अनुसार अव कोरियन सरकारले डिमाण्ड गरेको संख्याको ३ गुणाले हुन आउने संख्यामा मात्र नेपालीहरु भाषा परिक्षामा सहभागी हुन पाउने छन् । कोरियाले राखेको यस्तो प्रस्तावमा नेपालले स्वीकृति जनाएपछि अन्तत: यस्तो नियम लागु भएको हो ।

यो नियम आगामी भाषा परीक्षाको आवेदनबाट नै लागु हुनेछ ।

अव कोरियाले डिमाण्ड पठाउने बित्तिकै नेपालमा तीन गुणाले हुन आउनेले मात्र आवेदन दिन मिल्ने गरी सिष्टम तयार हुने र जसले पहिला फर्म भर्छ, उसले नै परिक्षामा सहभागी हुन पाउनेगरी व्यवस्था गरिएको छ । तीन गुणाको कोटा सकिएपछि सिष्टमले आवेदन नै नलिनेगरी व्यवस्था गरिएको छ ।

यसअघि धेरैले परिक्षा दिँदा परिक्षा सकिन नै महिनौँ लाग्ने गरेको थियो । अव भने निश्चित कोटा तोकेर परिक्षा हुने हुनाले परिक्षा छिट्टै सकिने विश्वास सरकारले लिएको छ ।

यसअघि अर्थात २०२३ मा उत्पादन क्षेत्रका लागि मात्र कुल १ लाख ६३ हजार बढीले आवेदन दिएका थिए । परिक्षा लिनका लागि २ सय वटा मात्र कम्प्युटर भएकाले दिनमा ५ सिफ्टमा परिक्षा हुँदा पनि दिनमा १ हजारको परिक्षा हुने र सबैको परिक्षा सक्न नै साँढे ५ महिना लाग्ने स्थिति थियो । अव भने परीक्षार्थीको कोटा नै तोकिएपछि परिक्षा पनि छिट्टै सकिने सरकारको बुझाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: