×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनुजस्तै हो, सिरोहिया पक्राउ पर्दा हल्ला गर्नुपर्दैन’- केपी ओली 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनुजस्तै हो, सिरोहिया पक्राउ पर्दा हल्ला गर्नुपर्दैन’- केपी ओली 

Artha Sarokar

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाएका छन् । 

ओलीले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरेका छन् । उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको र रविले प्रधानमन्त्री बन्नुस् भन्ने कांग्रेसको प्रस्ताव नमानेका कारण कांग्रेसले सहकारी ठगीको आरोप लगाएर बखेडा गरेको आरोप लगाएका छन् ।  

त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको विषयमा बोल्दै प्रहरीले उनलाई नागरिकताको विषयमा पक्राउ गरेको बताए । नागरिकताको मुद्दामा सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरेका छन् । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने ओलीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी