×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। आइतबार चार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, आत्मनिर्भर लघुवित्त र सबैको लघुवित्तमा पोजेटिभ सर्किट लागेको हो ।

चारमध्ये नेरुडे मिर्मिरे र सामुदायिक लघुवित्तको मर्जरपछि नेप्सेमा सूचीकृत भएको पहिलो कारोबार दिनमै पोजेटिभ सर्किट लागेको हो ।

आइतबार नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ६४६ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर ९७२ रुपैयाँ ३० पैसा कायम भएको छ ।

त्यस्तै, सबैको लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ३४ रुपैयाँ कायम भएको छ । आत्मनिर्भर लघुवित्तको पनि १० प्रतिशतले बढेर २ हजार ४ सय ६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

पछिल्लो समय अरु सेक्टरको तुलनामा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी