Skip to content
LAXMI SUNRISE BANK

बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !

अर्थ सरोकार

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक पेटीका रुख विरुवाको क्षति गरेको आरोपमा एक जनालाई कारवाही गरेको छ । महानगरले रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा एक जनालाई कारवाही गरेको हो।

महानगरपालिकाले वडा नं. २५ स्थित सडक पेटीका रुख विरुवाको क्षति गरेको आरोपमा स्थानीय लालबहादुर लामासँग पाँच हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK