×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकप्रतिको विश्वास जोगाउन बैंकहरुले कमाउनुपर्छ, नाफा कम हुनु हुँदैन’- गभर्नर अधिकारी 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बैंकप्रतिको विश्वास जोगाउन बैंकहरुले कमाउनुपर्छ, नाफा कम हुनु हुँदैन’- गभर्नर अधिकारी 

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् । अर्थसमितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

बैठकमा गभर्नर अधिकारीले बैंकहरु रहेनन् भने सर्वसाधारणको निक्षेप पनि नरहने धारणा राखेका छन् । त्यसकारण पनि बैंकिङ प्रणाली सुरक्षित हुन अर्थतन्त्र चलायमान हुनुपर्ने र अर्थतन्त्र स्थिर चलायमान हुन बैंकिङ प्रणाली सुरक्षित हुनुपर्ने बताएका छन् । ‘बैंकप्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुन जान्छ ।’, उनले भने, ‘बैंकमाथि सर्वसाधारणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित र सबल हुनुपर्छ ।’

त्यस्तै, गभर्नर अधिकारीले बैंकिङ प्रणाली सुरक्षित हुन र अर्थतन्त्र चलायमान हुन बैंकहरुले नाफा कमाउन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय बजारमा बैंकहरुले धेरै नाफा कमाए भन्ने प्रचार गलत भएको भन्दै गभर्नर अधिकारीले त्यो भ्रममा नपर्न पनि आग्रह गरेका छन् । 

‘सर्वसाधरणको बैंकहरु माथि विश्वास रहन्छ वा रहँदैन भन्ने बाहिर प्रश्न आइरहेको छ । त्यसको लागि न्यूनतम बैंकहरुलाई नाफा हुनुपर्छ । बैंकहरुले निरन्तर कमाउनुपर्छ, कमाई कम हुनुहुँदैन ।’, गभर्नर अधिकारीले भने, ‘हामी सबैको निक्षेप बैंकमा नै छ । सबैको बैंकमाथि विश्वास भएर सबैको सम्पत्ति बैंकमा राखिएको हो । भोलि त्यो बैंकिङ उद्योग कोल्याप्स भयो भने हामी सबैको विश्वास लुज हुन्छ । बैंकहरुलाई कसरी हुन्छ हामीले बचाउनुपर्छ । तर, ग्राहकलाई बचाउने काम बैंकहरुको हुन्छ । बैंकहरुले धेरै नाफा कमाए भन्ने बाहिर गलत हल्ला भइरहेको छ ।’

गभर्नर अधिकारीले अहिले बैंकहरुको नाफा ८.५ प्रतिशत भन्दा बढी नभएको र नाफा निरन्तर घट्दै गइरहेको उल्लेख गरेका छन् । यद्यपि गभर्नर अधिकारीले नेपालका बैंकहरुलाई विश्वका अन्य देशहरुको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाँधेको स्वीकार गरेका छन् । बैंकहरुले ४ प्रतिशतसम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैंकहरुको नाफा कम हुँदै गएको उल्लेख गरेका छन् । उनले ५ वर्षअघि बैंकहरुको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको बताएका छन् ।

गभर्नर अधिकारीले ५ वर्षअघि बैंकहरुको ३० खर्बको पोर्टफोलियो बढेर ५१ खर्ब पुग्दा नाफा बढ्नुपर्नेमा उल्टो रुपमा घट्दै गएको बताएका छन् । त्यस्तै, बैंकहरुले व्यवसायीहरुलाई कर्जाको किस्ताको रिस्ट्रकचरिङ दिएको तीन पटकसम्म सुविधा दिएको तर यस्तो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरुलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनःसंरचना र पुनर्तालिकीकरण बारम्बार दिएको गभर्नर अधिकारीले बताए । उनले बैंकलाई सधैँभरि यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अप्ठ्यारो आउने खतरा रहेको पनि उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: