Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजार कमाउनकै लागि हो, बठ्याइँ गर्न नसके डुबिन्छ, मुटु नहुने झन् पिल्सिन्छन्’- मनिष अर्याल (अन्तर्वार्ता)

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता मनिष अर्यालले सेयर बजारमा बठ्याइँ गर्न नजाने घाटा खानुपर्ने बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै अर्यालले सेयर बजारमा बाठो बन्न सके राम्रो पैसा कमाइने तर बठ्याइँ गर्न नजाने भएको पनि घाटा जानसक्ने बताएका हुन् । 

उनले सेयर बजार निर्मम हुने भन्दै लगानीकर्तालाई बजारबारे बुझेर, अध्ययन गरेर, कमाउँछु भन्ने ‘कन्फिडेन्स’ लिएर मात्रै लगानी गर्न पनि आग्रह गरेका छन् । 

सेयर बजारले काका-भतिज, मामा-भान्जा केही पनि नभन्ने हुँदा आफ्नो विवेक प्रयोग गरेर बजारमा लगानी गर्न पनि अर्यालले सुझाव दिएका छन् । त्यस्तै, उनले सेयर बजार सबैका लागि नभएको पनि बताएका छन् । ‘सेयर बजार सबैका लागि होइन । सबैजना सेयर बजारमा किन आउनुपर्यो ?’, उनले भने, ‘जोसँग मुटु छ, जसले आँट्न सक्न त्यो मान्छेका लागि सेयर बजार हो ।’

सेयर बजारका बारेमा मनिष अर्यालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK