Skip to content
LAXMI SUNRISE BANK

हायर पर्चेज कर्जाको जोखिमभार घटाइयो

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो ।

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा हाल विद्यमान १२५ प्रतिशत जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने नीति लिएको छ ।

‘बैंक बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।’, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK