काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने भएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा पुनरावलोकन गरिने घोषणा गरेको छ ।
राष्ट्र बैंकले हाल विद्यमान स्थायी निक्षेप सुविधाको व्यवस्थाले ब्याजदर करिडोर प्रभावकारी बनाउने नसकेको निष्कर्ष निकाल्दै त्यसमा पुनरावलोकन गरिने बताएको हो ।
‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।’, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ०.५ प्रतिशतले घटाएर १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरेको छ ।
साथै मौद्रिक नीतिको समीक्षामा हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा हाल विद्यमान १२५ प्रतिशत जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्