×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा नेपालमा साढे १५ लाख मोबाइल भित्रिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१० महिनामा नेपालमा साढे १५ लाख मोबाइल भित्रिए

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो १० महिनामा नेपालमा करिब साढे १५ लाख मोबाइल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा नेपालमा १५ लाख २८ हजार ६ सय ४४ थान मोबाइल भित्रिएका हुन् । 

जबकी चालु आर्थिक वर्षको चैतसम्ममा नेपालमा विभिन्न देशबाट १३ लाख ९१ हजार ८ सय ४५ थान मोबाइल आयात भएको थियो । 

भन्सार विभागको तथ्यांक अनुसार बैशाखमा मात्रै १ लाख ३६ हजार ७ सय ९९ थान मोबाइल नेपाल आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै मोबाइल चीनबाट आयात गरिएको भन्सार विभागले जनाएको छ । 

चीनपछि सबैभन्दा धेरै मोबाइल भारतबाट आयात गरिएको छ । भारतबाट मात्रै बैशाखसम्म ७ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको मोबाइल आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा चीन र भारतसहित विभिन्न ६१ मुलुकबाट मोबाइल आयात भएको देखिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी