काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले नबिल बैंक लुट प्रकरणका बारेमा जानकारी दिन बोलाएको पत्रकार सम्मेलन, सो सम्मेलन बोलाइएको केहि समयमै स्थगित भएको छ । बिहीबार बिहान ११.२६ बजे सञ्चारकर्मीहरुलाई बेलुकी ४ बजे पत्रकार सम्मेलन छ भनेर जानकारी दिएको कार्यालयले दिउँसो १ बजे सो सम्मेलन स्थगित भएको बताएका थिए ।
पत्रकार सम्मेलनको तयारी गरेर तुरुन्तै स्थगित हुनुले धेरैखाले शंका उब्जाएको भन्दै स्थानीय सञ्चारकर्मीले विभिन्न ग्रुपहरुमा बहस गरिरहेका छन् । उनीहरुले बैंक लुटिएको जस्तो संवेदनशील विषयमा प्रहरीले सूचना दिन आनाकानी गरेको, भारतमा पक्राउ परेका लुटेराहरुका विषयमा भारतीय प्रहरीले प्रेस मिट गरेर जानकारी दिईसकेको अवस्थामा पनि नेपाल प्रहरीले सञ्चारकर्मीसँग कुरा गर्न नचाहेकोजस्ता घटनाक्रमले कतै प्रहरी दबाबमा त छैन भन्ने विषय बहसको विषय बनेको भन्दै विभिन्न ग्रुपहरुमा चर्चा गरिरहेका छन् ।
प्रहरी कार्यालयले भने यसलाई प्राविधिक विषय भनेको छ । ‘आजको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी गराउँछु । अर्को सूचनाबाट पुनः जानकारी गराइने छ ।’ सम्मेलन स्थगित भएको सूचनामा डिएसपीले भनेका छन् ।
घटना भएको दिनदेखि नै प्रहरीले यस विषयमा जानकारी दिन आनाकानी गरिरहेको थियो । बैंक र प्रहरीकै सूचना फरक पर्दा विभिन्न सञ्चारमाध्यममा फरक फरक तथ्यांकसहितको समाचार प्रकाशन / प्रशारणसमेत भएका थिए । सम्भवत: प्रहरीले आज शुक्रबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकरी दिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्