×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लुट प्रकरण : भारतीय प्रहरीले मोतिहारीबाट यसरी पक्राउ गर्यो लुटेरा र लुटको रकम, महिला पनि संलग्न !

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक लुट प्रकरण : भारतीय प्रहरीले मोतिहारीबाट यसरी पक्राउ गर्यो लुटेरा र लुटको रकम, महिला पनि संलग्न !

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लुटेर भागेका लुटेराहरुमध्ये थप ३ जनालाई भारतीय प्रहरीले भारतको मोतीहारीबाट पक्राउ गरेको छ । लुटिएको रकम, लुटमा प्रयोग भएका औजार तथा हतियारसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुटेराहरु पक्राउ परेपछि आयोजित पत्रकार समेम्लनमा मोतिहारी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक कान्तेश कुमार मिश्रले विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवीलाई पक्राउ गरिएको बताएका छन् । लुटिएको रकममध्ये प्रहरीले उनीहरुलाई १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ बरामद भएको मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटा देशी कट्टा, केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ,  सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइलसमेत बरामद भएको छ । उनका अनुसार लुटेराहरुले लुटेको रकमले सो औँठी, मोटरसाइकल र मोबाइल खरिद गरेका थिए ।
नेपालबाट रकम लुटेर भारतको मोतिहारी पुगेको सूचना पाएपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । नेपाल प्रहरीको सहयोगको आग्रह पाउनेबित्तिकै भारतीय प्रहरी सर्च अपरेशनमा लागेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: