×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लुट प्रकरण अपडेट : ‘लुटेरा भेटिए, पैसा भेटिएन’

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक लुट प्रकरण अपडेट : ‘लुटेरा भेटिए, पैसा भेटिएन’

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लुट प्रकरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकको जाहेरीपछि अनुसन्धान सुरु गरेको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ नेपाली र १ बिदेशी नागरिक छन् ।
यद्यपी लुटेरा समूहमा संलग्नहरु भेटिए पनि पैसा भने भेटिएको छैन । ‘केहि लुटेराहरु समातिएका छन् । समातिएकामध्ये केहि पटक चोर छन् ।’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘लुटेरा पक्राउ परे पनि पैसा समातिएको छैन । मुख्य कुरा पैसा पनि समातिनुपर्छ र प्रहरी त्यसमा लागेको छ ।’
सो पैसा नेपाल बाहिर गईसकेको हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीले पक्राउ परेकाहरुसँग बयान लिएर थप अनुसन्धान गरिरहेको छ भने शंकाश्पद क्षेत्रमा थप अनुसन्धानका लागि प्रहरी खटाएको छ ।
लुट प्रकरणपछि नबिल बैंकको बाईपास शाखा संचालनमा आएको छ । संचालनमा आए पनि त्यहाँका कर्मचारीहरु ‘फ्रेश’ भएर काम गर्न सकिरहेका छैनन् ।
बैंकका ब्रान्च मेनेजर बैंकमा भेटिन छोडेका छन् । उनी यहि प्रकरणमा केहि प्रहरी त कहिले अन्यत्र ठाउँमा विभिन्न कामले पुगिरहेका छन् । बैंककै कमजोरीका कारण घटना घटेको विश्लेषण हुन थालेपछि कर्मचारीहरु थप तनावमा छन् । प्रहरीले बैंकका केहि कर्मचारीहरुमाथि पनि केरकार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: