काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठको बैंक खातामा एक लाख २२ हजार रुपैयाँ रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार श्रेष्ठको बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको देखिएको हो ।
उक्त रकम आफ्नो सेवा सुविधाबाट प्राप्त भएको श्रेष्ठले विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै, गोरखामा उनको नाममा ३७ रोपनीभन्दा बढी पैत्रिक जग्गा रहेको पाइएको छ । तर, उक्त जग्गा आफूले २०५८ सालमा पार्टीलाई दान गर्ने घोषणा गरिसकेको श्रेष्ठले बताएका छन् ।
त्यस्तै, पूर्व गृहमन्त्रीसमेत भइसकेका हालका परराष्ट्रमन्त्री श्रेष्ठले हाल आफूले चढ्दै आएको गाडी पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपलब्ध गराएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्