×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण: सुनिल पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ

PRIME CA
GLOBAL IME BANK

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण: सुनिल पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ

२६ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाएका हुन् ।

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत बैशाख ७ गते नै दोषि ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् ।

पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: