×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक घटना: ऋण लागेपछि बैंक लुटको योजना, भेन्टिलेसनबाट छिरेर लुटको प्रयास, चाबी नदिँदा खुकुरी प्रहार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंक घटना: ऋण लागेपछि बैंक लुटको योजना, भेन्टिलेसनबाट छिरेर लुटको प्रयास, चाबी नदिँदा खुकुरी प्रहार !

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बैसाख २७ अर्थात गत विहिबार राती बैंक लुट्ने योजना बनाएर एउटा लुरे केटो रेंचु, पिलास, डोरी, रड र खुकुरी बोकेर योजनाबद्ध रुपमा बैंकमा एक लुटेरा नेपाल बैंकको फत्तेपुर शाखा प्रवेश गरे । ज्यान हेर्दै खान नपाएको जस्तो, लुरे केटोलाई बैंक छिर्न सुरुमै ढोका फोड्नु परेन । र त, ३२ बर्षका चन्द्रबहादुर सुवेदी नाम गरेका ती लुटेरा बैंकको शौचालयको भेन्टिलेसनबाट बैंक प्रवेश गरे ।

रातको त्यस्तै साँढे १२ बजेको थियो । बैंकको भल्ट फुटाउने आवश्यक तयारीसहित बैंकभित्र प्रवेश गरेका उनी भेन्टिलेसनबाट छिरेका थिए । बैंकमा झुन्ड्याईएका दुई तालामध्ये उनले एक ताला पनि फोडे, तर अलि बलियो दोश्रो ताला फोड्न सकेनन् । आफुसँग भएको रेंचु, पिलास, डोरी, रडलगायतका समान प्रयोग गर्दासमेत दुई घण्टासम्म पनि ताला फोड्न नसकेपछि सुवेदी सुरक्षा गार्ड पर्शुराम फुयाँलको सुत्ने कोठामा प्रवेश गरे ।

सुवेदीले कोठामा पुगेर चाबी खोजे । फुयाँलले आफुसँग राखेको चाबी कोहि आएर खोस्न खोजेपछि बल्ल उनले बैंकमा लुटेरा प्रवेश गरेको छाल पाए । त्यसपछि दुबैबीच घम्साघम्सी भयो, मुडभेड भयो । आफुले मागेको चाबी नदिएपछि सुवेदीले आफुसँग भएको खुकुरीले फुयाँलको गर्धन छिनालिदिए ।

उनी बैंक लुट्न त्यहाँ पुगेका थिए, तर घटनाक्रमले मान्छेको ज्यान गएपछि सुवेदी अत्तालिए । त्यसपछि उनी बैंक लुट्ने योजना छोडेर त्यहाँबाट भागे । किनकि, उनले हानेको खुकुरीले सुरक्षा गार्डको मृत्यु भईसकेको थियो ।

प्रहरीको अपरेशनपछि चितवनबाट पक्राउ
भोलिपल्ट बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको थाहा पाएपछि प्रहरीमा खबर पुग्यो । प्रहरीले बैंकको एरिया नियन्त्रणमा लियो, सिसिटिभि हेर्यो र अनुसन्धान सुरु गर्यो । फुयाँल बैंकमा मृत भेटिएपछि घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयसँगै मधेस प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो ।

सुवेदीले यसअघि नै बैंक लुटेर चितवन आउने योजना बनाएका थिए । योजना फेल भएपछि, र उल्टै सुरक्षागार्डको हत्या गरेपछि उनी त्यहि रात नै भागेर चितवन आए ।

बैंकको सीसीटिभी फुटेजमा उनी घरायसी हातहतियारसहित बैंक प्रवेश गरेको देखिन्छ । सुरक्षा गार्डको हत्या गरेर भागेकोसमेत सीसीटिभी फुटेजमा देखिएपछि प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो ।

प्रहरीले आवश्यक अनुसन्धान गर्दा उनी भागेको सम्भावित ठाउँहरुमा घटनाको विवरण र सुवेदीको हुलियासहित सर्कुलेसन गरिसकेको थियो । अन्तत: सर्कुलेट भएको हुलिया मिलेपछि उनी चितवनबाट पक्राउ परे ।

सरकारी जागिर छोडेको २ बर्षपछि लुटको प्रयास, २५ लाख ऋण मुख्य कारण !

पक्राउ परेपछि प्रहरीले उनलाई केरकार गर्ने नै भयो । बुझ्दैजाँदा थाहा भयो, उनी शसस्त्र प्रहरीका पूर्व जवानसमेत रहेछन् । २०७० सालमा सशस्त्रको प्रहरी जवानका रुपमा सरकारी जागिर खाएका उनले २०७९ सालमा जागिर छोडेका रहेछन् ।

प्रहरीले उनको आपराधिक पृष्ठभूमिकोसमेत खोजी गरेको थियो । यद्यपी यसअघि उनी कुनै पनि अपराधमा संलग्न नरहेको फेला परेको छ ।

उनले बैंक लुट्ने योजना बनाउनुको पछाडीको कारण उनको ऋण रहेको बयान उनले प्रहरीसमक्ष दिएका छन् । प्रहरीमा उनले दिएको बयानमा उनले २५ लाख रुपैयाँ ऋण लागेको र कसैगरी पनि सो ऋण तिर्न नसकेपछि बैंक लुट्ने योजना बनाएको भनेका छन् । प्रहरीसँगको बयानमा उनले आफुले केहि समय अगाडीदेखि नै बैंक लुट्ने योजना बनाएको, सोहि अनुसार तयारी गरेको र बैंकको शाखाको पटक पटक रेक्की गरेकोसमेत उल्लेख गरेका छन् । बैंक लुटेर चितवन जाने योजना बनाएका उनी आफ्नो योजना सफल नभएपछि आफ्नो घर पुगेर सामानहरु राखेर, लत्पत्तिएको रगत पुछेर, ज्यान पखालेर त्यहाँबाट भागेका थिए ।

तर, पाप धुरीबाट कराउँछ भनेजस्तै उनको पाप चितवनबाट करायो । उनलाई पक्राउ गरिएपछि प्रहरीको बयानमा उनले बैंक लुट्ने योजना असफल भएपछि घर पुगेर सामान लुकाएर भागेको बयान दिएका थिए । सोहि बयानका आधारमा प्रहरीले उनी बस्ने घरमा छापा मारेको थियो । प्रहरीले छापा मारेर घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ ।

मधेशमा बढ्दै लुटका घटना
नेपाल बैंकमा लुटको प्रयास सफल भएन, तर एक सुरक्षा गार्डको प्राण गयो । उता नबिल बैंकको पर्सा बाइपास शाखा लुट्न त लुटेराहरु सफल भएका थिए । यसले बैंक लुटका घटनाहरु अस्वाभाविक रुपमा बढीरहेका छन् भन्ने तथ्य त देखाएको छ नै, यसले देशको शान्ति सुरक्षाको स्थिति कतिसम्म कमजोर छ, र त्यसमा पनि मधेश प्रदेशको शान्ति सुरक्षाको स्थिति कुन हदसम्म कमजोर छ भन्ने तथ्य पनि देखाएको छ । यसअघि नबिल बैंक पनि मधेशमै लुटिएको थियो । नबिल अगाडी सिटिजन्स बैंकको शाखा पनि मधेशमै लुटिएको थियो । सिटिजन्स बैंक अगाडी र त्यसपछि पनि विभिन्न मनि ट्रान्सफर पनि मधेश प्रदेशमै लुटिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: