×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित ४ वाणिज्य र २ विकास बैंकलाई कारवाही (सूचनासहित)

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित ४ वाणिज्य र २ विकास बैंकलाई कारवाही (सूचनासहित)

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित ४ वाणिज्य र २ विकास बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रयमासमा ऐन तथा निर्देशन पालना नगरेका ४ वाणिज्य बैंक र २ विकास बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकको कारवाहीमा पर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एकसेल डेभलपमेन्ट बैंक रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको, केही  कर्जाहरूको जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको जस्ता गतिविधिका कारण कारवाहीमा परेको हो ।

त्यस्तै, प्राइम कमर्सियल बैंक र कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेका कारण कारवाहीमा परेका हुन् ।

यता लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एकसेल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकको ऐन तथा निर्देशनको पालना नगरेका कारण कारवाहीमा परेका छन् । यस्तो छ सूचना:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: