Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, कुन निर्देशक कहाँ पुगे ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकले वैशाख २६ गतेदेखि लागू हुने गरी ६ वटा विभागका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

बैंकका सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा, वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल सुपरीवेक्षण विभागमा, लघुवित्त सुपरीवेक्षण विभागका प्रमुख रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा सरुवा भएका छन् ।

यता आन्तरिक लेखा विभागका प्रमुख विमलराज खनाल लघुवित्त सुपरीवेक्षण विभागमा, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा भएका छन् भने सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशोधनमा विभागमा सरुवा भएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK