×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रि-इन्स्योरेन्सको सीईओका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल रि-इन्स्योरेन्सको सीईओका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’ 

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को ५ जनाको नाम ‘सर्टलिस्ट’मा परेको छ । कम्पनीको सीईओ छनौट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै ‘सर्टलिस्ट’मा परेका पाँच जनाको नाम सार्वजनिक गरेको हो । 

समितिका अनुसार ‘सर्टलिस्ट’मा पर्नेहरुमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा रहेका छन् । 

उनीहरुलाई सीईओ छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८० को बुँदा नम्बर ९ को १ मा भएको व्यवस्था अनुसार शैक्षिक योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा ‘सर्टलिस्ट’मा छनौट गरिएको हो । 

योसँगै अब ‘सर्टलिस्ट’मा परेकाहरुले जेठ ११ गते (शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: