Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एलकेजी देखि कक्षा चारसम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो ।

सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका धर्मदेवी शाखा प्रबन्धक सुसिल निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरु, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK