×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ७.३१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

PRIME CA
GLOBAL IME BANK

बिहीबार ७.३१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको पाचौँ दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३ सय ८ कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाखमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्सुरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसैगरी आज पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: