×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, २ अर्ब १४ करोडमाथिको सेयर कारोबार

PRIME CA
GLOBAL IME BANK

मंगलबार सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, २ अर्ब १४ करोडमाथिको सेयर कारोबार

२५ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २.०६ अङ्कले बढेर १९६०.८१ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल ३ सय १४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ८३ करोड २२ लाख ३ हजार २ सय २३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसैगरी आज बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले सबैभन्दा धेरै घुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६.२३ प्रतिशतले घटेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: