Skip to content
LAXMI SUNRISE BANK

आइतबार ८.२६ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से ८.२६ अंकले बढेर १९७४.५० बिन्दुमा पुगेको हो।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको १० करोड ५० लाख ६० हजार ७ सय १ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा श्रीजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK