काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ बिन्दुमा पुगेको हो।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।