Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २८.६२ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८८ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको ९८ लाख ५५ हजार २ सय ८५  कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सिइडि हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५  करोड ८१ लाख २ हजार ७ सय ४४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK