×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उछाल, नेप्से परिसूचक ४५.६९ अंकले बढ्यो, लगानीकर्ता उत्साहित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उछाल, नेप्से परिसूचक ४५.६९ अंकले बढ्यो, लगानीकर्ता उत्साहित !

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। मौद्रिक नीतिको समिक्षापछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा ३ सय ३२ कम्पनीको ७४ लाख ९ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी