काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८ सय २४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्